Logo
Logo

क्रियाशिल महिला पत्रकार पुरस्कारको घोषणा


दृष्टि संवाददाता


बाजुरा । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले अबदेखि क्रियाशिल महिला पत्रकारिता पुरस्कार दिने भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराको पहिलो बैठकले क्रियाशिल महिला पत्रकारिता पुरस्कार दिने भएको हो ।

छैटौं जिल्ला अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीको पहिलो बैठक बसी अबदेखि जिल्लामा क्रियाशिल रुपमा काम गर्ने महिला पत्रकारलाई सम्मान स्वरुप क्रियाशिल महिला पत्रकारिता पुरस्कार प्रदान गरिने महासंघ सचिव नन्दा थापाले बताइन् । पुरस्कार हरेक वर्ष पे्रस स्वन्त्रता दिवसका दिन प्रदान गरिने उनको भनाइ छ ।

महिलालाई पत्रकारिता क्षेत्रमा प्रोत्साहित गर्नका लागि जिल्लामा क्रियशिल महिला पत्रकारलाई रु. ५ हजार ५ सय ५५ राशीको पुरस्कार प्रदान गरिने भएको हो ।

बाजुराको पत्रकारितामा महिला सहभागिता गराउन तथा पत्रकारिता क्षेत्रमा टिकाई राख्नका लागि पुरस्कारले थप हौसला प्रदान गर्ने पत्रकार महासंघ बाजुराका अध्यक्ष छक्क मल्लको भनाइ छ ।

बैठक महासंघको नव निर्मित भवनमै बसेको हो । अध्यक्ष छक्क मल्लको अध्यक्षतामा सबैको बैठकले मददाता, निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी लगायतलाई धन्यवाद ज्ञापन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्