Logo
Logo

आइपीएलमा आज पञ्जाब र चेन्नई भिड्दै


दृष्टि संवाददाता


काठमाडौं । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा आज पन्जाब किङ्स र चेन्नई सुपर किङ्सबीच प्रतिष्पर्धा हुदैछ । मुम्बईमा हुने पन्जाब र चेन्नईबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ वान्खडे स्टेडियममा आज दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

पन्जाब लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । पहिलो खेलमा पन्जाबले राजस्थान रोयल्सलाई ४ रनले हराएको थियो । चेन्नई भने पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा चेन्नई दिल्ली क्यापिटलससँग ७ विकेटले पराजित भएको थियो ।

दुई टिमबीचको पछिल्लो प्रतिस्पर्धामा चेन्नई हाबी हुँदै आएको छ । यस्तै गयराती भएको खेलमा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै राजस्थान रोयल्स विजयी भएको छ । राजस्थानले क्यापिटल्सलाई ३ विकेटले पराजित गरेको हो ।

सुरुमा ब्याटिङ गरेको क्यापिटल्सले पूरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १४८ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य राजस्थानले १९.४ ओभरमै ७ विकेट गुमाएर पूरा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्