Logo
Logo

टी-२० अन्तर्राष्ट्रिय शृंखला : आज नेदरल्याण्ड र मलेसिया भिड्दै


दृष्टि संवाददाता


काठमाडौं । काठमाडौंको किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी टि–२० ट्राइ शृंखलाअन्तर्गतको दोस्रो खेलमा आइतबार नेदरल्याण्ड र मलेसिया खेल्दैछन् । खेल सवा १२ बजे सुरु भइसकेको छ । आजको खेलमा नेदरल्याण्डलाई पराजित गर्दै मलेसिया सुखद सुरुवात गर्ने लक्ष्यमा छ ।

यस्तै घरेलु टोली नेपालसँग पहिलो खेलमा ९ विकेटको फराकिलो हार भोगेको नेदरल्याण्ड जितका साथ खेलका फर्कने प्रयासमा छन् । मलेसिया अहमल फैजको कप्तानीमा मैदान उत्रनेछ भने नेदरल्याण्डको कप्तानी पिटर सिलारले सम्हाल्नेछन् ।
पहिलो खेलमा जित हात पारेको नेपाल अंकतालिकाको शीर्ष स्थानमा छ । सिरजको तेस्रो खेलमा भोलि सोमबार नेपाल र मलेसिया खेल्नेछन् । डबल राउण्ड रोबिनमा हुने शृंखलाको शीर्ष दुई टोली फाइनलमा पुग्नेछन्। फाइनल खेल ११ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्