Logo
Logo

जारी त्रिदेशीय क्रिकेट प्रतियोगितामा आजबाट दर्शक निषेध


दृष्टि संवाददाता


काठमाडौं । कोरोना भाइरसको जोखिम बढेपछि सरकारले २५ जनाभन्दा बढी भेला हुन नदिने निर्णय गरेपछि दर्शक विनै ट्राइ–नेसन्स् क्रिकेट सिरिज अन्तर्गतका बाँकी खेलहरु हुनेभएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) विज्ञप्ती जारी गर्दै बाँकी खेलहरु दर्शकबिना नै खेलाउने जानकारी दिएको हो । क्यानका सचिव अशोकनाथ प्याकुरेलले जारी गरेको विज्ञप्ति बाँकी खेलहरुमा दर्शकलाई प्रवेश निषेध गरिएको उल्लेख छ ।

आज नेपाल र नेदरल्याण्डबीच चौथो म्याच हुँदैछ । हिजोको खेलमा नेपालले ९ विकेटले नेदरल्याण्डलाई नै पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्