Logo
Logo

प्रधानमन्त्री ओली अस्पताल भर्ना


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २२ फागुन ।
अस्वस्थ भएपछि प्रधानमन्त्री केपी शर्मा ओली नियमित अस्पताल भर्ना भएका छन्। बुधबार बिहानदेखि प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको हो।
नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जानु पर्ने भए पनि समय नमिलेकाले प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पतालमै स्वास्थ्य परीक्षण गर्न लागिएको प्रधानमन्त्रीको निजी चिकित्सक डाक्टर दिब्या सिंहको भनाई छ । स्वास्थ्यमै समस्यापछि प्रधानमन्त्री ओलीका आजका कार्यक्रमहरु रद्द गरिएका थिए । इन्फ्रास्टक्चर बैंकको उद्घाटन ओलीबाट हुने तयारी थियो, तर उनी उपस्थित हुन सकेनन् ।

/fli6«o ljsf; ;d:of ;dfwfg ;ldlt a}7s /fli6«o of]hgf cfof]u4f/f a’waf/ cfof]lht /fli6«o ljsf; ;d:of ;dfwfg ;ldltsf] $$ cf}+ a}7sdf ;xefuL x’Fb}{ k|wfgdGqL s]kL zdf{ cf]nL . t:jL/ M rGb|snf If]qL,/f;;

‘यो वर्ष उहाँको नियमित चेकअप गर्नै पर्ने थियो तर व्ययस्ताले बाहिर जान सम्भव भएन। त्यसैले त्रिवि शिक्षण अस्पतालमै स्वास्थ्य परीक्षण गर्न लागिएको हो,’ डा. सिंहले भनिन्‘ रगतको नमूना लिने र एक्सरे गर्ने काम भइरहेको छ। उहाँको फुल बडी चेकअप गरेरमात्र अस्पतालबाट पठाउँछौं।’

डाक्टर सिंहका अनुसार प्रधानमन्त्री ओलीलाई कम्तीमा २४ घन्टा अस्पताल राखिनेछ।

प्रतिक्रिया दिनुहोस्