Logo
Logo

कालिमाटी वृत्तबाट हत्कडीसहित भागेका अभियुक्त समातिए


दृष्टि संवाददाता


काठमाडौं । हतकडी सहित फरार रहेका अभियुक्त काठमाडौं कालीमाटी सुकुम्बासी टोल बस्ने भारत बिहार समस्तीपुर पटौरी थाना घर भएका १८ वर्षीय किशोरलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।


२०७७ असोज २ गते अनुसन्धानको सिलसिलामा महानगरीय प्रहरी वृत्त कालिमाटीमा ल्याइएका अभियुक्तहरुमध्ये हतकडी सहित फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले कालिमाटी परोपकारबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त कालिमाटी पठाइएको उक्त महाशाखाले जनाएको छ । उनीसँगै भागेका अन्य तीन जना फरार छन् ।

प्रतिक्रिया दिनुहोस्