Logo
Logo

ललितपुरमा स्कुटर दुर्घटना, एकको मृत्यु


दृष्टि संवाददाता


काठमाडौं । ललितपुरमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

ललितपुर महानगरपालिका–५ सातदोबाटोस्थित सडकमा प्रदेश ३–०२–०१३ नम्बरको स्कुटर शुक्रबार बिहान अनियन्त्रित भई पैदलयात्रीलाई ठक्कर दिँदा पैदलयात्री काठमाडौं बालाजु बस्ने दोलखा जिरी घर भएकी ७३ वर्षीया बिष्णु माया सुनारको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डबि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका स्कुटरमा सवार भक्तपुर सूर्यविनायक नगरपालिका–१० नलिन्चोक बस्ने २८ वर्षीय रोशन थापाको सोही अस्पतालमा उपचार भइरहेको छ । उपचारपछि उनलाई थुनामा राखी कारबाही गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्