Logo
Logo

त्रिकोणात्मक टी-२० सिरिज : नेपाललाई उपाधि जित्ने अवसर


दृष्टि संवाददाता


काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजका फाइलन आज नेपाल र नेदरल्याण्डबीच हुँदैछ । नेपालले घरेलु मैदानमै उपाधिका लागि खेल्ने अवसर पाएको हो ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा भइरहेको नेपाल नेदरल्याण्ड्स र मलेसिया सम्मिलित यस सिरिजमा नेपाल र नेदरल्याण्ड्स शीर्ष दुई स्थानमा रहेर फाइनल पुगेका हुन् ।

डबल राउण्ड रोविन लिगमा नेपालले चारमध्ये ३ खेल जित्दै ६ अंक जोड्दा नेदरल्याण्ड्सले २ जित र १ बराबरीबाट ६–५ अंक जोड्यो । ३ खेलमा हार र १ बराबरीबाट १ अंक जोडेको मलेसिया १ जितविहिन हुँदै बाहिरियो । लिग चरणमा नेपालले नेदरल्याण्ड्सलाई एक पटक पराजित गर्दा एक पटक नेदरल्याण्ड्सले नेपाललाई हरायो ।

त्यसैले फाइनल खेल दुवै टिमका लागि रियल गेमको रुपमा रहेको छ । नेपालको लागि उपाधि जित्न यो अन्तिम परीक्षाको रुपमा रहेको छ ।
अहिलेसम्म दुवै टोली १–१ को अवस्थामा छन् । अब फाइनल जित्ने टिममै बेस्ट हुनेछ र उपाधि आफ्नो पक्षमा पार्नेछ ।

पछिल्लो पटक नेपालले सन् २०१९ जुलाईमा मलेसियालाई उसैको मैदानमा दुई खेलको सिरिजमा क्लिनस्वीप गरेको थियो । त्यसपछि नेपालले सेप्टेम्बर–अक्टोबरमा सिंगापुरमा खेलेको त्रिकोणात्मक सिरिजमा उपविजेता बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्