Logo
Logo
भयावह रुप लिँदै कोरोना

बिरामीले उपचार नै नपाउने स्थिति बन्नसक्ने चिकित्सकको चेतावनी


शरद शर्मा


काठमाडौं । कोभिड–१९ को संक्रमणले उपत्यकाका अस्पतालका रहेका श्यया भरिन थालेका छन् । दैनिक संक्रमितको सङ्ख्या बढ्न थालेपछि श्यया भरिन थालेका हुन् । यही वैशाख ३ गते ९०० संक्रमित भेटिएकामा वैशाख १० गते करीब तीनगुणा दुई हजार ५५९ जना पुगेका थियो । चिकित्सकका अनुसार अहिले नेपालमा १२.३ प्रतिशत संक्रमण दर रहेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग, वीर, पाटन, त्रिवि शिक्षण र सशस्त्र प्रहरी बल अस्पतालमा कोराना संक्रमितले अस्पतालका श्यया भरिदै गएको छ । शुक्रराज अस्पतालका २२ सघन उपचार कक्षमध्ये २० र १२ भेन्टिलेटर संक्रमितले भरिएको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले जानकारी दिए ।

उनका अनुसार ५५ आइसोलेशन श्यया पनि भरिएका छन् । दैनिक आठ–नौ जना उपचारपछि घर गएपनि त्यतिकै संख्यामा बिरामी आउने उनकोको भनाइ छ । उनकोले अस्पतालमा संक्रमितबाट निमोनिया लागेका बिरामीलाई मात्र भर्ना गरेको जानकारी दिए ।

‘हामीले सामान्य ज्वरो, रुघाखोकी, जिउ दुख्ने खालका बिरामीलाई भर्ना गर्ने गरेका छैनौँ’ उनले भने । ‘अलि जटिल खालका निमोनिया र अक्सिजन दिनुपर्ने बिरामीलाई मात्र भर्ना गरेका छौँ ।’

उनले संक्रमित बढ्न थालेपछि विनाकारण घरबाट ननिस्कन र निस्कनै परे मास्क, सेनिटाइजर र भौतिक दूरी कायम गर्न पनि आग्रह गर्नुभयो । अहिलेको कोभिड–१९ को भाइरस युके भेरियन्ट र डलब भेरियन्ट रहेकोले संक्रमण सार्नसक्ने अत्यधिक क्षमता रहेको छ ।

अहिलेको कोभिड–१९ को नयाँ स्वरुपले एक जनाबाट एक घण्टामा ६०–७० जनामा संक्रमण सार्न सक्छ । उनकोले संक्रमण नियन्त्रण बाहिर जान थालेको सर्वसाधारण आफैँ सचेत हुनुपर्ने सुझाव दिएका छन्। ‘अहिलेको भाइरसले संक्रमण लागेको चार–पाँच दिनमा नै आक्रमण गर्ने खालको छ’, उनले भने । ‘अहिले ५० वर्षमुनिका मानिसलाई पनि बढी संक्रमण देखिएको छ ।’

यस्तै वीर अस्पतालमा पनि कोभिड–१९ का बिरामीलाई छुट्याइएको श्यया भरिन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले उपत्यकामा अहिले ७७ जना सघन उपचार कक्षमा र ४० जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

मुलुकभरि एक हजार १८० सघन उपचार कक्ष र ५१२ भेन्टिलेटर रहेका छन् । तीमध्ये १७३ जना सघन उपचार कक्ष र ५७ जना भेन्टिलेटरमा संक्रमितको उपचार भइरहेको छ । वीर अस्पतालका कोभिड–१९ सम्पर्क व्यक्ति डा. अच्युत कार्कीले १७ मध्ये १५ सघन उपचार कक्ष श्यया, पाँच भेन्टिलेटर पूरै भरिएको जानकारी दिए ।

सशस्त्र प्रहरी बल अस्पताल, बलम्बुमा कोरानाका बिरामीले भरिएका छन् । अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. प्रविन नेपालले १०० श्ययामध्ये सबै भरिएको जानकारी दिएका छन् । उनकाअनुसार संक्रमित बढ्दै गएपछि अस्पतालले आज थप ४० श्यया थप गर्न थालेको हो । यस्तै २० मध्ये १८ सघन उपचार कक्ष र आठमध्ये सात भेन्टिलेटर पनि संक्रमित रहेको उनकोले जानकारी दिए ।

उनकोले अस्पतालमा भर्ना भएका बिरामी श्वास फेर्न गा¥ह्रो, ज्वरो, छाती दुख्ने, निमोनिया जस्ता समस्या रहेकाले ६० प्रतिशतलाई अक्सिजनलाई दिनु परेको उनको भनाइ रहेको छ । अस्पताल आएका बिरामीमध्ये अधिकांश ४०–५० उमेर समूहका बिरामी रहेका छन् ।

यस्तै वीरमा ७६ आइसोलेशनमध्ये ६६ वटा संक्रमित रहेका छन् । उनकोले दैनिक आठ–नौ वटा नयाँ बिरामी आउने गरेको भन्दै दैनिक संक्रमित थपिँदै गए आफूले बिरामीलाई राख्न नसक्ने उनले बताए ।

उनका अनुसरा सानो ठाउँ भएकाले उपचार गराउन आउने बिरामी र खोप लगाउन आउने व्यक्तिमा सामाजिक दूरी कायम राख्न सकिएको छैन । संक्रमित बढ्न थालेपछि वीरले नजिकैको सर्जिकल भवनमा अबको केही दिनमा कोभिड–१९ का बिरामी राख्ने तयारी गरेको छ ।

त्रिवि अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले ५५ जना संक्रमित उपचार भइरहेको जानकारी दिए । उनका अनुसार १२ जना आइसियु, ५ जना भन्टिलेटरमा र ३८ जना हाइ डिपेन्टिेन्ड युनिट (एचडियु)मा उपचार भइरहेको छ । अस्पतालमा ६० आइसियू र ५० एचडियू रहेका छन् ।

बिरामीलाई शुरुमा अब्जर्वेशन गरी राख्ने र समस्या देखिए आवश्यकता अनुसार आइसियू, एचडियू र भेन्टिलेटरमा राखिने गरिएको छ । अस्पतालले आइसियुमा एक जना नर्सले एक जना बिरामी र एचडियुमा एक जना नर्सले दुई जनासम्म बिरामी हेर्ने व्यवस्था मिलाएको छ । उनकोले संक्रमित संख्या बढ्ने भएको ५० आइसोलेन श्यया थपिन थालेको जानकारी दिए ।

शुक्रराज अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. अनुप बाँस्तोलाले संक्रमण पहिलोभन्दा सङ्क्रामक रहेकाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरेका छन् ।

उनले संक्रमण यही गतिमा अघि बढे, बिरामीले उपचार नै नपाउने स्थिति आउनसक्ने भन्दै मानिसलाई घर बाहिर ननिस्कन अनुरोध गरे । उनका अनुसार कोभिड–१९ को अहिलेको लहरमा संक्रमित सिकिस्त हुन्े अनुपात पहिलो लहरको तुलनामा बढिरहेको छ ।

नेपालमा अहिले दुई लाख ९४ हजार ६०१ जना संक्रमित, दुई लाख ७६ हजार ७५५ जना निको भएर घर फर्किएका र तीन हजार १२३ जनाको संक्रमणको कारणले निधन भइसकेका छन् । यस्तै मुलुकभरि १३ हजार ५७८ होम आइसोलेशन र एक हजार १४६ जना संस्थागत आइसोलेशनमा रहेका छन् ।

संक्रमितमध्ये १।१ प्रतिशतमा मृत्युदर र प्रति १० लाखमा १०७।८ जना मृत्यु हुन्े गरेको पाइएको छ । ५०० भन्दाबढी संक्रमित भएका जिल्लामा काठमाडौँ, ललितपुर, बाँके र रुपन्देही रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्