Logo
Logo

बिहान राजीनामा, बेलुकी शपथग्रहण, लुम्बिनीमा राज्यको नांगो नाच


दामोदर खनाल


बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनियताको शपथ लिने क्रममा सुरक्षाकर्मीले महिला सांसदमाथि धरपकड गरेका छन् । नवनियुक्त मुख्यमन्त्री पोखरेललाई शपथ खुवाउन प्रदेश प्रमुखलाई मुख्यमन्त्रीको कार्यालयमा लैजाने क्रममा आइतबार बेलुका ४ बजेतिर महिला सांसदहरुमाथि डिआइजी रवीन्द्र घानुककै नेतृत्वमा दमन भएको हो ।

सांसदहरूले अल्पमतमा रहेका पोखरेललाई शपथ नखुवाउनु भन्दै दिउँसो ४ बजेबाटै प्रतिपक्ष चार दलका सांसदले प्रदेश प्रमुखको कार्यालय परिसरमा धर्ना दिइरहेका थिए । सांसदले धर्ना दिइरहँदा त्यहाँबाट दर्जनाँै सुरक्षाकर्मीले प्रदेश प्रमुखलाई फिल्मी शैलीमा मुख्यमन्त्रीको कार्यालयमा लगेका थिए । जतिबेला सांसंहरूले प्रहरी प्रशासनको दमनविरूद्व नाराबाजी गरेका थिए ।

आइतबार दिउँसो ४ बजेदेखि नै प्रदेश प्रमुखको कार्यालयमा धर्नामा बसेका विपक्षी गठबन्धनका सांसदहरुले प्रदेश प्रमुखको कार्यालयमा नाराबाजी गरेर शपथ रोक्न खोजेपछि बेलुका प्रदेश प्रमुखलाई कार्यालयबाट प्रहरी बल प्रयोग गरेर लैजानेक्रममा पौने ८ बजेतिर धरपकड भएको हो । विपक्षी दलका सांसदहरुले संविधानविपरीत भएको निर्णय बदरको माग गर्दै मुख्यमन्त्रीको नियुक्ति र शपथ कार्यक्रम रोक्न माग गर्दै धर्नामा थिए ।

लुम्बिनी प्रदेशमा कुल ८७ सांसद भए पनि हाल ८१ सांसद छन् । नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा, जनमोर्चा र स्वतन्त्र गरेर शपथ रोक्न सभामुखबाहेक ४२ सांसदको हस्ताक्षरको पत्र दिउँसो नै प्रदेश प्रमुखलाई बुझाएका थिए । तर, प्रदेशप्रमुखले हाल कायम रहेका ८१ सासंदमध्ये ४१ प्रदेश सासंदको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष शंकर पोखरेलले पुनः मुख्यमन्त्रीको दाबी गरेपछि उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो ।

उता, प्रदेश प्रमुखकहाँ पुगेका नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीले बहुमतको मुख्यमन्त्री आफू नै भएको दाबी गरेका थिए । माओवादी, कांग्रेस, जसपा र राष्ट्रिय जनमोर्चाको गठबन्धनबाट ४२ सांसदको बहुमत आफूहरूसँग भएको भन्दै केसीले मुख्यमन्त्री दाबी गरेका हुन् ।

संख्याको अकं गणित

लुम्बिनी प्रदेशमा कुल ८७ सांसद भए पनि हाल ८१ सांसद छन् । नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा, जनमोर्चा र स्वतन्त्र गरेर शपथ रोक्न सभामुखबाहेक ४२ सांसदको हस्ताक्षरको पत्र दिउँसो नै प्रदेश प्रमुखलाई बुझाएका थिए । तर, प्रदेशप्रमुखले हाल कायम रहेका ८१ सासंदमध्ये ४१ प्रदेश सासंदको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष शंकर पोखरेलले पुनः मुख्यमन्त्रीको दाबी गरेपछि उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो ।

यसअघि आइतबार नै बसेको एमाले संसदीय दलको बैठकले पोखरेललाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । आइतबार दिउँसो १ बजे विशेष अधिवेशन राखिएको बेला मुख्यमन्त्री पोखरेलले एकाएक बिहान राजीनामा दिनु र पुनः मुख्यमन्त्री बन्नु अनौठो नाटकीय घटनामात्र नभई राजनीतिक बेइमानीको रूपमा लिन सकिन्छ ।

मुख्यमन्त्रीले ४१ सांसद दाबी गरे पनि अहिले एमालेतिर ३७ सांसद मात्र रहेका बताइन्छ । तर, पनि बाक्लो सुरक्षा घेराबीच प्रदेश प्रमुख यादवलाई मुख्यमन्त्री कार्यालयमा फिल्मी शैलीमा लगेर राति ८ बजेतिर शपथ खुवाइएको छ । सांसद निर्मला क्षेत्रीले आफूमाथि प्रहरीले दमन गरेको बताउँदै भनिन्– प्रदेश प्रमुख, मुख्यमन्त्री र प्रहरी प्रशासनले नांगो नाच देखायो, अब न्यायका लागि हामी जहाँ जान पनि तयार छौँ । त्यसक्रममा प्रहरीले सांसद लौटी थारूलाई पनि लछारपछार गरेको थियो ।

प्रहरी प्रमुख, रूपन्देहीका प्रजिअ आशमान तामाङलगायत ठूलो शक्ति लागेर प्रदेश प्रमुखलाई कार्यालय परिसर बाहिर निकालेर मुख्यमन्त्रीलाई शपथ खुवाउन मुख्यमन्त्रीको कार्यालयमा लगिएको थियो । कोरोना महामारीका यो बेलाका दृश्य फिल्मी शैलीकै देखिन्थ्यो । जतिबेला सांसदहरूले प्रहरी प्रशासनविरूद्व चर्काे नाराबाजी गरेका थिए ।

यो घटनालाई आपत्तिजनकरूपमा लिएको बताउँदै नेपाली कांग्रेसका प्रमुख सचेतक फकरूद्दिन खानले आफूहरूले कानुनी परामर्श गरिरहेको र अब कानूनी र राजनीतिक लडाइँ लड्ने जानकारी दिए ।

महिला सांसदको आपत्ति

यसैबीच सोमबार बुटवलको होटल एभिन्यूमा पत्रकार सम्मेलन गरेर लुम्बिनी प्रदेशका केही महिला सांसदले आफूहरुमाथि प्रहरी प्रशासनले हातपात र दमन गरेको आरोप लगाएका छन् । उनीहरुले प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रहरी प्रमुख डिआइजी रवीन्द्र धानुकले आफूहरू महिला सांसदमाथि हातपात गर्दै दुव्र्यवहार गरेको आरोप लगाएका छन् ।

डिआइजी धानुकको नेतृत्वमा महिला सांसद निर्मला क्षेत्री, पुष्पा थरूनी चौधरी, फूलमति ढेगा, लौटी थारू, सुष्मा यादव, गीता थापामाथि हातपात भएको नेपाली कांग्रेसकी सचेतक निर्मला क्षेत्रीले जानकारी दिइन् ।

उनले भनिन्– ‘प्रहरी प्रमुख धानुकले महिला प्रहरी प्रयोग नगरी आफैँ हातपातमा लागे । महिला सांसदहरुको संवेदनशील अंगमा हातपात भएको छ, हातपात गर्ने प्रहरी प्रमुख धानुकलाई कारवाहीको माग गरेका छौँ । प्रमुखले प्रदेश प्रमुखको कार्यालयमै महिला हिंसा गरेकाले आफूहरुले कानूनी उपचार खोज्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्