Logo
Logo

म्यानचेस्टर सिटीको ऐतिहासिक फाइनल यात्रा


दृष्टि संवाददाता


एजेन्सी । म्यानचेस्टर सिटी आफ्नो इतिहासमा पहिलोपल्ट युरोपेली क्लब प्रतियोगिता च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदान इथिहाड रंगशालामा सिटीले फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेइन् (पीएसजी)लाई २–० ले हराउँदै म्यानचेस्टर सिटी ऐतिहासिक फाइन यात्रा तय गरेको हो। पहिलो लेगमा २–१ को जित हासिल गरेको सिटी समग्रमा ४–१ ले विजयी भयो ।

बेमौसमी हिउँले प्रभावित खेलको सुरुमै गोलरक्षक एडर्सनले ६० यार्ड परदेखि दिएको पास सदुपयोग गरी रियल मेहेरेजले शानदार गोल गरी पहिलो लेगको अग्रतालाई बढाएका थिए ।

पीएसजीलाई खेल सुरु हुनुभन्दा अगाडि नै एउटा ठूलो झड्का लाग्यो । स्ट्राइकर केलियन एम्बाप्पे चोटका कारण बेन्चमै सीमित हुन पुगेका थिए । ६३ औं मिनेटमा मेहेरेजले सिटीलाई २–० को अग्रता दिलाउन फिल फोडेनको क्रसलाई उपयोग गरी व्यक्तिगत दोस्रो गोल गरे ।

त्यसपछि पीएसजीको खेल आक्रामक बन्यो । जसका कारण पहिलो लेगमा इद्रिस गुयेले रातो कार्ड पाएका थिए । फर्नान्डिन्होमाथिको अनावश्यक फलका कारण एंगेल डी मारियाले रातोकार्ड पाए । २९ मे मा इस्तानबुलमा हुने फाइनलमा सिटीले चेल्सी र रियल मड्रिडबीचको विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्