Logo
Logo

कुशल भुर्तेल आइसीसीको ‘प्लेअर अफ दि मन्थ’को मनोनयनमा


दृष्टि संवाददाता


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)को ‘प्लेअर अफ दि मन्थ अवार्ड’को मनोनयनमा परेका छन् ।

आइसीसीले अप्रिल महिनाको लागि ‘प्लेअर अफ दि मन्थ’को नोमिनेसनमा पुरुषतर्फ कुशलको नाम मनोनयमा राखेको हो । कुशलसँगै पाकिस्तानका बाबर आजम र फखर जमान पनि मनोनयनमा परेका छन् ।

वैशाख ४ देखि ११ गतेसम्म टीयू मैदानमा भएको त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले उपाधि जित्दा कुशलले सर्वाधिक २७८ रन बनाएका थिए ।

कुशलले टी–२० डेब्युमै नेदरल्याण्ड्सविरुद्ध अर्धशतक प्रहार गरेका थिए भने लगातार तीन अर्धशतक प्रहार गर्दै विश्वकीर्तिमान बनाएका थिए ।

कुशललाई भोट गरेर अवार्ड जिताउने व्यवस्था छ । भोट गर्नका लागि आईसीसीको वेबसाइटमा गएर आफ्नो नाम र इमेल रजिस्टर गर्नु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्