Logo
Logo

राष्ट्रका लागि शुभतारा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । शुभ आमाको नाम, तारा छोरीको नामबाट आजभन्दा तीस वर्ष अगाडि रानी गुरुङ कक्षपतिले शुभतारा स्कुल जन्माइन्, हुर्काइन् र आज युवा अवस्थामा पु¥याइन् । शुभतारा स्कुलको जन्मसँगसँगै आजसम्म ‘पास आउट’ भएका २५ सय विद्यार्थी स्कुलको छानामुनि हुर्किए, खेले, बढे र विभिन्न देशमा नेपाल चिनाउने भए । विगत सम्झँदै स्कुलकी संस्थापक रानी कक्षपति भन्छिन्– ‘हरेक आमा, बाबुको सपना आफ्नो छोराछोरीलाई राम्रो शिक्षा दिउँ भन्ने हुन्छ । ती आमाबुबाको सपना पूरा गर्न पाएकोमा आफूलाई भाग्यमानी ठान्छु । हिजो आफ्नै हातले खाना खुवाएका बच्चाहरु आज नेपालमा मात्र होइन, अमेरिका, बेलायत र अष्ट्रेलियाजस्तो देशमा नेपालको गौरव बनेका छन् । तिनीहरुमध्ये ३२ जनालाई स्कुलको ३० औँ वार्षिकोत्सवमा हामीले सम्मान गर्दछौँ ।’

‘सानो हुँदा पढ्दै नपढ्ने, खाना खुवाउन पनि गाह्रो हुने चञ्चल, चकचके स्वभावका बच्चाहरु पनि आज एकसेएक सफल व्यक्ति भएको देख्दा अचम्म लाग्छ । हरेक बच्चाको आ–आफ्नै स्वभाव र क्षमता हुन्छ । ती क्षमतालाई पहिचान गर्न सकियो भने जतिसुकै ठूलो चुनौती पनि विद्यार्थीले पार गर्न सक्छन् । सफल व्यक्ति बन्न सक्छन् भन्ने अनुभूति मैले गरेकी छु ।

सन् १९८९ मा ३४ जना विद्यार्थीबाट सुरु भएको यस स्कुलमा आज ५५० जना विद्यार्थी छन् । रानी कक्षपतिले अहिले पनि आफ्नै छोराछोरीलाई जस्तै माया गरेर मेहेनतका साथ ती विद्यार्थीलाई पढाइरहेकी छन् । उनी भन्छिन्– ‘सानो हुँदा पढ्दै नपढ्ने, खाना खुवाउन पनि गाह्रो हुने चञ्चल, चकचके स्वभावका बच्चाहरु पनि आज एकसेएक सफल व्यक्ति भएको देख्दा अचम्म लाग्छ । हरेक बच्चाको आ–आफ्नै स्वभाव र क्षमता हुन्छ । ती क्षमतालाई पहिचान गर्न सकियो भने जतिसुकै ठूलो चुनौती पनि विद्यार्थीले पार गर्न सक्छन् ।’ भन्ने कुराको अनुभूति मैले गरेको छु ।
देश बनाउने भन्ने कुरा सानो कुरा होइन, त्यसका लागि राम्रो शिक्षा चाहिन्छ । राम्रो शिक्षाका लागि राम्रो शिक्षक चाहिन्छ । त्यसमाथि पनि स्कुलको वातावरण महत्वपूर्ण कुरा हो । सानेपाको सानो घरबाट सुरु भएको शुभतारा आज १२० रोपनी क्षेत्रफलमा फैलिएको छ । काठमाडौँँको प्रदूषित, धुलो, धुवामुक्त लामाटारको हरियाली जंगलछेऊ यो स्कुल अवस्थित छ । शान्त, सुन्दर, एकान्त वातावरण शिक्षाको लागि आवश्यक छ । जुन कुरा यस स्कुलले हरेक विद्यार्थीलाई प्रदान गरेको छ ।
‘मेरो भगवान मेरो राष्ट्रका लागि’ भन्ने नाराका साथ ३० औँ वार्षिकोत्सवको तयारीमा रहेको शुभताराले हरेक विद्यार्थीलाई भगवान सम्झेको छ भने, हरेक विद्यार्थीलाई राष्ट्र विकासमा समर्पण गरेको छ । राष्ट्र र राष्ट्रियतालाई मूल लक्ष्य बनाएर पढाइने यस स्कुलले विद्यार्थीलाई नेपाली कला, संस्कृतिसँग पनि जोडेको छ । यसबाहेक शुभताराले लामाटार प्राङ्गणमा एउटा सामुदायिक भवन निर्माण गरेर स्थानीयवासीलाई शिक्षा, स्वास्थ्य र अर्गानिक कृषिका विषयमा पनि प्रशिक्षण दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्