Logo
Logo

नबिल बैंकको ३४औं वार्षिक साधारणसभा सम्पन्न


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नबिल बैंकको ३४औं वार्षिक साधारणसभाले सम्पन्न भएको छ । फागुन २७ गते सोमबार बैंक सञ्चालक समितिका अध्यक्ष शम्भुप्रसाद पौड्यालको अध्यक्षतामा बसेको बैंकको संचालक समितिले सिफारिस गरेबमोजिम तथा नेपाल राष्ट्र बैंकको स्वीकृतिअनुसार आर्थिक वर्ष २०७४-७५ को मुनाफाबाट नगद लाभांश २२ प्रतिशत र बोनस शेयर १२ प्रतिशत दिने प्रस्ताव पारित गरेको छ । विगत तीन दशकभन्दा बढी निरन्तर सेवाबाट नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकको रुपमा स्थापित हुन सफल भएको छ ।

बैंकले आव २०७४-७५ मा निजी क्षेत्रको बैंकहरुमध्ये उच्चतम मुनाफा रु ३ अर्ब ९८ करोड हासिल गर्न सफल भएको छ । बैंकले जेथामा प्रतिफल २१.२२ प्रतिशत र प्रतिशेयर आम्दानी रु ५०.२५ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै रु १ खर्ब ६१ अर्ब पु¥याएको छ । बैंकको सञ्चालन मुनाफा ५ अर्ब ६५ करोड रहेको छ । अघिल्लो वर्षको तुलनामा बैंककोे यस वर्षको संचालन मुनाफा र खुद मुनाफामा क्रमश ७.५२ र ७.५५ ले वृद्घि भएको छ । वाणिज्य बैंकहरुमध्ये आव २०७३-७४ मा सबै भन्दा बढी कर राजस्वमा योगदान पु¥याएवापत बैंकले आन्तरिक राजस्व विभागबाट सम्मान प्राप्त गरेको छ । बैंकको संचालक समितिका अध्यक्ष पौड्यालको सफल नेतृत्वमा अघि बढिरहेको यस बैंकको “नेटवर्थ” रु २० अर्ब ५९ करोड रहेको छ । समीक्षा बर्षको मुनाफाबाट प्रस्तावित वोनस शेयर पश्चात बैंकको पूजी यस बर्ष रु ९ अर्ब १ करोड नाघेको छ ।
साधारणसभामा आफ्नो मन्तव्य राख्दै अध्यक्ष पौड्यालले भने “नबिल बैंकले नेपालको बैंकिङ क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यवसायीक एवं औद्योगिक गतिविधिहरुलाई गतिशिलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरु सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न तथा सरकारी कोषमा करमार्फत योगदान पु¥याउन सफल भएकामा हामी गौरवान्वित रहेका छौं ।”

प्रतिक्रिया दिनुहोस्