Logo
Logo

केएमसीमा इन्भेष्टमेन्ट बैंकको एटिएम र एक्सटेन्सन काउन्टर


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा आफ्नो ११औँ एक्स्टेन्सन काउन्टर र १११औँ एटिएम एकसाथ खोलेको छ ।
काउन्टर र एटिएमको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र काठमाडौं मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत प्रा डा दामोदरप्रसाद पोखरेलले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

सोमबारदेखि काठमाडौं शिक्षण अस्पतालमा जन्मने नवजात शिशुहरुको खाता खोलिएमा निःशुल्क ५०० रुपैयाँ खातामा राखिदिने र उक्त खातामा बैंकले तोकेको न्यूनतम औषत मौज्दात जम्मा भएपछि जन्मदिनमा बैंकले केक उपहार दिने बताइएको छ ।
काउन्टरले रकम जम्मा गर्न र भुक्तानी गर्न सहयोग गर्ने छ । मासिक लगभग ३० हजार बिरामीको उपचार हुने केएमसीमा मेडिकल साइन्सका विभिन्न संकायमा हजारभन्दा बढी विद्यार्थीहरु अध्यायनरत छन् भने हजारकै हाराहरीमा डाक्टर तथा कर्मचारीहरु कार्यरत छन् । विगत लामो समयदेखि आफ्नो सेवा प्रदान गरिरहेको केएमसीसँगको नाता मजबुत बनाउने र आर्थिक कारोबारमा सहजता प्रदान गर्ने उद्देश्यले बैंकले सेवा विस्तार गरेको हो ।
बैंकले अहिले ७८ शाखा कार्यालय, १० एक्सटेन्सन काउन्टर, ९ राजश्व संकलन एक्सटेन्सन काउन्टर, ५१ शाखारहित बैंकिङ सुविधा, १११ एटिएम तथा ३,७८३ पिओएस मेसिनबाट सेवा दिइरहेको छ ।
बैंक अफ दि इयर पाँच पटक प्राप्त गरिसकेको एनआईबीएलले उत्कृष्ट सेवा तथा व्यवसायमा गरेकोे अब्बल प्रदर्शनका कारण युरोमनी नामक अन्तर्राष्ट्रिय पत्रिकाबाट युरोमनी अवार्ड फर एक्सिलेन्स ‘बेस्ट बैंक २०१८’ अवार्ड प्राप्त गर्न सफल भएको छ भने यसै बर्ष इक्रा नेपालद्धारा प्रदान गरिदै आएको क्रेडिट रेटिङमा ए बाट ए प्लस ल्याई स्तरोनन्ति गरेको छ ।

प्रतिक्रिया दिनुहोस्