Logo
Logo

हत्या आरोपमा एकजना पक्राउ


दृष्टि संवाददाता


काठमाडौं । मोरङको सुन्दरहरैचाका बिष्णु ऋषिदेवको हत्या आरोपमा एक युवक पक्राउ परेका छन् । ४० वर्षीय ऋषिदेवको हत्या आरोपमा प्रहरीले स्थानीय २३ वर्षीय पुजन राईलाई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा राईले धारिलो हतियार (दाउ)ले ऋषिदेवको घाँटीमा प्रहार गरी हत्या गरेको देखिएन आएकोले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको मोरङका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

सुतेकै ठाउँमा हत्या गरिएको अवस्थामा ऋषिदेवको शव शुक्रबार बिहान फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्