Logo
Logo

पुल निर्माण गरिरहेको मेसिन बगायो, करोडौँको क्षती


हिक्मत बम


महेन्द्रनगर । महाकाली नदीमा पानीको बहाव बढेपछि पुल निर्माण गरिरहेको मेसिनहरू बगाएको छ । दुई दिनको लगातार वर्षाका कारण बढेको पानीको बहावले चार लेन पुलको निर्माण गरिरहेको कुमार श्रेष्ठ निर्माण सेवा कम्पनीका मेसिनहरु बगाएको हो ।

मेसिनहरू बगाएपछि निर्माण कार्य प्रभावित हुनका साथै करोडौँको क्षती भएको छ । कालोपत्रे गर्न बनाएको प्लान्ट, कालोपत्रे गर्ने मेसिनसहितका उपकरण बगाएको भीमदत्त नगरपालिका १३ का वडा अध्यक्ष लालबहादुर शाहीले जानकारी दिए ।

करिब ७५ प्रतिशत काम पूरा भइसकेको पुल निर्माणको कार्य कुमार श्रेष्ठ निर्माण सेवाले गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्