Logo
Logo

लायन्स क्लब काठमाडौं उडानद्वारा निःशुल्क खाना वितरण


दृष्टि संवाददाता


काठमाडौं । लायन्स क्लब अफ काठमाडौं उडानले काठमाडौं मेडिकल कलेज अस्पताल सिनामंगलमा निःशुल्क खाना वितरण गरेको छ ।

क्लबले अस्पतामा भर्ना भएका कोराना संक्रमित, विरामी कुरुवा र स्वास्थ्यकर्मीलाई निःशुल्क खाना वितरण गरेको हो । एक महिनाका लागि वेलुकाको खाना वितरण गरिरहेको समाजसेवी एवम् क्लबका अध्यक्ष रिमा अग्रवालले बताइन् ।

होटल बन्द भएको र सवारी साधनसमेत सञ्चालन नभएको अवस्थामा विरामी र कुरुवालाई सहज होस् भनेर वेलुकाको खाना वितरण गरेको अध्यक्ष अग्रवालले बताइन् ।

उनका अनुसार अहिले दैनिक दश जना स्वयं सेवकहरुले एक सय पचास भन्दा बढी विरामी, कुरुवा र स्वास्थ्यकर्मीलाई वेलुकाको खाना वितरण गरिरहेका छन् ।

अस्पतालमै निःशुल्क खाना खान पाएपछि अस्पताल भर्ना भएका विरामी र कुरुवालाई केही राहत भएको विरामीका आफन्तहरुले बताएका छन् ।

सामाजिक क्षेत्रमा क्रियाशिल क्लबले विपदका परेका मानिसहरुलाई विभिन्न सहयोग गर्दै आएको छ । समाजसेवी रिमा अग्रवालले नेतृत्व गरेको कल्वले ग्रामिण क्षेत्रमा निशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गर्दै आएको छ । यो क्लब महिला सदस्य मात्रै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्