Logo
Logo

मकवानपुरमा एकसाता निषेधाज्ञा थपियो


दृष्टि संवाददाता

189
Shares

मकवानपुर । कोभिड–१९ सङ्क्रमण थप फैलिन नदिन मकवानपुरमा यही जेठ १३ गतेसम्म कायम रहेको निषेधाज्ञाको समय अवधिलाई एकसाताका लागि थप गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना नियन्त्रणका लागि जेठ २० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो । कोरोना महामारी नियन्त्रणका लागि गत वैशाख १९ गते रातिदेखि लागू भएको निषेधज्ञाको समय दोस्रोपटक थपिएको हो ।

यस अगावै जेठ १३ गतेसम्म कायम रहेको निषेधाज्ञाको अवधि थप गरी जेठ २० गतेसम्म कायम रहने प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्