बिजुली सवारीको अन्त:शूल्क खारेज « Drishti News – Nepalese News Portal
Logo

बिजुली सवारीको अन्त:शूल्क खारेज


दृष्टि संवाददाता


काठमाडौं । सरकारले बिजुली कारमा लगाएको अन्त:शूल्क खारेज गरेको छ । आगामी वर्षका लागि आज सार्वजनिक भएको बजेटको माध्यमबाट सरकारले अन्त:शूल्क खारेज गरेको हो ।

डा युवराज खतिवडाले चालु वर्षको बजेटबाट बिजुली कारमा अन्त:शूल्कसँगै भन्सार शुल्कमा बढोत्तरी गरेका थिए। सो कर बढेसँगै बिजुली कारको आयात लगभग ठप्प भएको थियो । चालु वर्षदेखि लागेको अन्त:शूल्क छ प्रतिशतदेखि ६० प्रतिशतसम्म थियो।

प्रतिक्रिया दिनुहोस्