Logo
Logo

चीनमा अब ३ सन्तान नीति


दृष्टि संवाददाता


एजेन्सी । चीन सरकारले दम्पत्तीलाई तीन सन्तान जन्माउन पाउने अधिकार दिने भएको छ । अब चीनमा दुई सन्तानको नीति समाप्त भएको छ र जोडीलाई तेस्रो सन्तान जन्माउने अनुमति हुनेछ ।

चीनको सरकारी एजेन्सी शिन्ह्वाका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्यूरो छलफलमा राष्ट्रपति सी जिनपिङले सोमबार यो नीतिलाई स्वीकृति दिएका हुन् ।

चिनियाँ सरकारले तीन सन्तान जन्माउने दम्पत्तीलाई प्रोत्साहन गर्ने नीति पनि लागू गर्ने बताएको छ । तेस्रो सन्तान जन्माउन प्रोत्साहनस्वरूप अवकाश पाइने समय सार्ने, बालबच्चाको हेरविचार गर्ने सुविधामा सुधार गर्ने, सुत्केरी बिदा बढाउने, चाइल्ड बर्थ इन्स्योरेन्स गर्नुका साथै युवाहरूलाई विवाह र परिवारबारे शिक्षा दिइने जानकारीमा उल्लेख छ ।

चीनको जनसंख्या वृद्धिदर दशकयताकै सबैभन्दा कम रहेको तथ्यांक सार्वजनिक भएको अवस्थामा यस्तो निर्णय लिइएको हो ।

प्रतिक्रिया दिनुहोस्