Logo
Logo

संक्रमितको उपचारमा कुनै कमजोरी नगर्न अध्यक्ष तिमिल्सिनाको निर्देशन


दृष्टि संवाददाता


पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जिल्लामा कोरोना सङ्क्रमितको उपचार र रेखदेखमा कुनै कमजोरी नगर्न निर्देशन दिएका छन् ।

सोमबार गृह जिल्लामा आएका अध्यक्ष तिमिल्सिनाले मानवीय जीवन सबैभन्दा अमूल्य रहेको बताउँदै कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने तर्फ सजग हुन आग्रह गरे ।

जिल्ला प्रशासन कार्यालयमा पुगेर डिसीसीएमसीसँग जिल्लाको समग्र कोभिड–१९ को अवस्थाबारे जानकारी लिँदै उनले आवश्यक निर्देशन समेत दिएका हुन् । उनले अहिलेसम्मको व्यवस्थापन सन्तोषजनक रहेको बताउँदै महामारी अझै बढ्न सक्ने भएकाले तयारी व्यापक बनाउन आग्रह गरे ।

तिमिल्सिनाले पर्वतको समग्र स्वास्थ्य अवस्थाका बारेमा जानकारी समेत लिएका थिए । उनले महामहारी जुनसुकै बेला पनि आउन सक्ने भएकाले दिर्घकालीन योजनाहरु बनाएर अघि बढ्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्