Logo
Logo

अस्पतालमै अक्सिजन उत्पादन


दृष्टि संवाददाता


मजुङ । लमजुङ जिल्ला अस्पतालको आइसोलेसनमा रहेको कोरोना सङ्क्रमित बिरामीलाई अस्पतालमै स्थापना गरिएको प्लान्टबाट उत्पादित अक्सिजन दिन थालिएको छ । जेठ ८ गते स्थापना गरिएको प्लान्टबाट सङ्क्रमितहरुलाई अक्सिजन दिन शुरु गरेको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताए ।

उनका अनुसार अस्पतालमा निर्माण गरिएको अक्सिजन सहितको २५ शय्यामा हाल १९ कोरोना सङ्क्रमित अन्य तीन बिरामी छन् ।
यो प्लान्ट जडानसँगै यस अघि दैनिक ३०÷३२ वटा अक्सिजन भर्न पोखरा जानुपर्ने अवस्थामा कमी आएको छ ।

अब अपुग दैनिक १५/१६ वटा सिलिण्डर अक्सिजन पोखराबाट ल्याए पुग्ने छ । उत्पादित अक्सिजन पाइपलाइनमार्फत इमर्जेन्सी, आइसियु, आइसोलेसन, अन्तरङ्ग (वार्ड) र प्रसूति वार्डमा पठाउने साथै अस्पतालका ८३ शय्यामा नै जोडिने छ ।

हाल कोरोना सङ्क्रमितका लागि मात्र सो अक्सिजन प्रयोग गर्ने अस्पताल प्रमुख श्रेष्ठले बताए । सो प्लान्ट गण्डकी प्रदेश सरकारको ५५ लाख रुपैयाँमा ओटु कन्सर्नलाई खरिद जिम्मा दिएर ल्याइएको थियो ।

प्लान्ट स्थापना गर्ने घर साढे ८ लाख रुपैयाँमा प्रदेश सरकारकै लगानीमा निर्माण भएको छ । प्रदेश सरकारले अक्सिजन प्लान्ट निर्मााणका लागि गत मङ्सिर महिनामा रु ७५ लाख पठाएकोमा सो सामग्री र घर गरेर साढे ६३ लाख रुपैयाँ मात्र खर्च भएको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्