नेदरल्यान्ड्सद्वारा भारतसँगको हवाई उडानमाथिको प्रतिबन्ध फुकुवा « Drishti News – Nepalese News Portal
Logo

नेदरल्यान्ड्सद्वारा भारतसँगको हवाई उडानमाथिको प्रतिबन्ध फुकुवा


दृष्टि संवाददाता


एजेन्सी । नेदरल्यान्ड्सले भारतबाट हुने यात्रुबाहक हवाई उडान यही जुन १ देखि लागू हुनेगरी पुनः खोलेको छ ।भारतमा कोभिड–१९ को महामारी व्यापक भएको भन्दै नेदरल्यान्ड्सले गत अप्रिल २६ देखि हवाई उडान बन्द गरेको थियो ।

तर कोरोनाभाइरसको महामारीको उच्च जोखिम रहेका मुलुकबाट युरोपतर्फ हुने उडानमाथि युरोपेली युनियनको प्रतिबन्ध भने यथावत छ । युरोपेली युनियनले कोभिडको उच्च जोखिम भएका मुलुकबाट गैर युरोपेली नागरिकलाई युरोप प्रवेश गर्न प्रतिबन्ध लगाएको छ जसमा भारत पनि समावेश छ ।

प्रतिक्रिया दिनुहोस्