Logo
Logo

एकदिवसीय विश्वकपमा १४ र टी–२० मा २० टिम सहभागी हुने


दृष्टि संवाददाता


काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले एकदिवसीय विश्वकपमा सहभागि संख्या बढाउने निर्णय गरेको छ । यो निर्णयसँगै एकदिवसीय विश्वकपमा १४ र टी–२० विश्वकपमा २० टिम सहभागी हुनेछ ।

सन् २०२४ देखि २०३१ सम्मको साइकलमा आइसीसी क्रिकेट विश्वकपमा टीम संख्या बढ्ने भएको हो । आगामी साइकल अन्तर्गत सन् २०२७ र २०३१ को एकदिवसीय विश्वकप क्रिकेटमा १४ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।

पछिल्लो समय प्रतिस्पर्धात्मक बनाउन विश्वकपमा १० टिमलाई मात्र सहभागि गराइएको थियो । सन् २०२३ मा हुने एकदिवसीय विश्वकपमा पनि १० टिमले मात्र खेल्ने तय छ । यस्तै, २०२४ देखि टी२० विश्वकपमा २० टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । आइसीसीले सन् २०२४, २०२६, २०२८ र २०३० को टी–२० विश्वकपमा २० टिमले प्रतिस्पर्धा गर्नेछन् । यस्तै ८ टिम सहभागि हुने च्याम्पियन्स ट्रफी २०२५ र २०२९ मा हुनेछ ।

आइसीसीले महिला विश्वकपमा यसअघि नै टिम संख्या बढाउने आइसीसीले निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्