Logo
Logo

नवयुगको गोलसँगै नेपालले २-० गोगलको अग्रता लियो


दृष्टि संवाददाता


काठमाडौं । नवयुग श्रेष्ठको गोलसँगै नेपालले २–० गोगल अन्तरले अग्रता लिएको छ ।

फिफा विश्वकप तथा एशिया कप छनोट अन्तर्गत नेपाल र चाइनिज ताइपेईबीचको खेल जारी छ । कुवेतमा जारी खेलमा चाइनिज ताइपेईविरुद्ध नेपालले २–० गोल अन्तरको अग्रता लिएको छ ।

नवयुग श्रेष्ठले दोस्रो गोल गरेका छन् । उनले खेलको ८० मिनेटमा गोल गर्दै नेपाललाई २-० अग्रता दिलाए । उनी दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । खेल शुरु भएको दोस्रो मिनेटमै नेपालका अञ्जन विष्टले गोल गर्दै अग्रता जित सुरुवात गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्