Logo
Logo

अञ्जान र नवयुगको एक–एक गोलमा नेपालको जित


दृष्टि संवाददाता


काठमाडौं । विश्वकप तथा एएफसी एसियन कपको संयुक्त छनोटमा चाइनिज ताइपेइलाई २–० गोल अन्तरले पराजित गर्दै नेपालले जित निकालेको छ ।

नेपालको जितका लागि अञ्जन विष्ट र नवयुग श्रेष्ठले समान एक–एक गोल गरेका थिए । कुवेतको जाबेर अल अहमद रंगशालामा भएको खेलको चौथो मिनेटमा अञ्जनले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । अञ्जनको गोलसँगै पहिलो हाफमा १–० अग्रता लिएको नेपालले दोस्रो हाफको अन्त्यमा गोल गर्दै जित सुनिश्चित गरेको हो ।

निर्धारित ९० मिनेटको खेल सकिन १० मिनेट बाँकी रहँदा सुमन अर्यालले दिएको क्रसमा नवयुगले फिनिस गर्दै नेपालको नेपालको जित सुनिश्चित गरेका हुन् । जितसँगै नेपालले विश्वकप तथा एसियन कप छनोटका ६ खेलबाट ६ अंक जोड्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्