Logo
Logo

सीमा नाकामा सुविधासम्पन्न हेल्थडेस्कको संरचना बनाइने


दृष्टि संवाददाता


झापा । सरकारले विभिन्न ११ वटा सीमा नाकामा सुविधासम्पन्न हेल्थडेस्क सञ्चालनका लागि दिगो संरचना निर्माण गर्ने भएको छ ।

विश्व आप्रवास सङ्गठन )आइओएम)ले बिहीवार र शुक्रबार काँकडभिट्टा नाकाको हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीका लागि आयोजना गरेको विशेष अभिमुखीकरण तालिमका अवसरमा स्वास्थ्य मन्त्रालयको महामारी तथा रोग नियन्त्रण महाशाखाका अधिकृत डा अमृत सरकारले विभिन्न ११ वटा सीमा नाकामा सुविधासम्पन्न हेल्थडेस्क सञ्चालनका लागि दिगो संरचना निर्माण गर्ने भएको छ ।

विश्व आप्रवास सङ्गठन ९आइओएम०ले गत बिहीवार र शुक्रबार काँकडभिट्टा नाकाको हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीका लागि आयोजना गरेको विशेष अभिमुखीकरण तालिमका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको महामारी तथा रोग नियन्त्रण महाशाखाका अधिकृत डा अमृत पोखरेलले सो जानकारी दिएका हुन् । ।

उनले सबै स्थल सीमा नाका र त्रिभुवन विमानस्थलको हवाई नाकामा आवागमन गर्नेहरुको अनिवार्य स्वास्थ्य जाँच गरी रेपिड डाइग्नोस्टिक टेस्ट (एन्टिजेन) विधिबाट कोभिड–१९ को परीक्षण भइरहेको बताए । उनले काँकडभिट्टा नाकामा हेल्थ डेस्कका लागि कोभिड डेडिकेटेड एम्बुलेन्स सेवा र सुविधासम्पन्न भवनको खाँचो औंल्याए ।

उनका अनुसार हेल्थडेस्क भवन निर्माणका लागि सरकारले रु ५० लाख बजेट छुट्याएको छ । ‘‘२१ औं शताब्दीमा नयाँ नयाँ रोगहरु आउँछन्, पुराना रोगहरु पनि फर्केर आइरहेका छन्,’ डा पोखरेलले भने, ‘‘कोभिडले पनि छिटै छोडिहाल्ला भन्ने देखिदैन । कोभिडसँगै जिउने कला हामीले सिक्न जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस्