Logo
Logo

चुरे क्षेत्रको दोहनले धरानमा निम्तिएको विनास


दृष्टि संवाददाता


धरान । धरान उपमहानगरपालिकाले चुरे पहाडमा पर्ने सरकारी वन क्षेत्रमा वातावरण प्रभाव मूल्यांकनसमेत नगरी जथाभावी सडक निर्माण गर्दा हजारौँ रुखहरु मासिनुका साथै पहिरो जान थालेकाले दर्जनौँ घरहरु जोखिममा पर्न थालेका छन् ।

धरान–१३ स्थित सैनिक स्कुलपूर्व बस्ने माधव तामाङको घर छेउबाट जेसिवीले खनेर २० फिट चौडा बाटो त बनायो तर यो बाटोमाथिको उनको घर ठूलो पानी पर्नासाथ लड्ने त्रासले सुत्न सकेका छैनन् । उनी भन्छन् घर नजिक बाटो बनाउँछौँ भन्दै स्थानीय युवा आए, राम्रै होला नि त भनी बनाऊ भनियो तर, जेसिबीले घरमुनिसम्म खनिदिएर हाम्रो घर त धरापमा पो प¥यो, अलि ठूलो पानी प¥यो कि डर चिन्ताले सुुुत्नै सकिँदैन । यस्तै चिन्ता धरान–५ स्थित देवीगाउँ बस्ने डोरमणि दाहाललाई पनि परेको छ । प्रदेश १ सरकारले गौरवको बाटो भन्दै झण्डै ४० करोडको बजेटमा गत वर्षदेखि निर्माण गर्न थालेको निरञ्जन बस्तीदेखि धनकुटाको कन्या पोखरीसम्मको सडकको छेवैमा उनको घर गोठ परेको छ । गाउँमा बाटो आउने भयो भनी मख्ख परेका दाहाललाई त्यतिबेला चिन्ता लाग्न थाल्यो जब उनको घरको कान्लामुनि बाटो खनेर आफ्नो घर जोखिममा परेको थाहा भयो । १६ किलोमिटर पक्की सडक बनाउने योजना रहेको सो सडकले पाँचवटा घर जोखिममा परेका छन् ।

अहिले जताजतै चुरे क्षेत्रमा बसेका स–साना गाउँमा बाटो पु¥याउने, खोलाको ढुंगा गिट्टी ठेक्कामा लगाउने होडबाजीमा प्रदेश सरकार र स्थानीय निकायहरुको तछाडमछाडले वातावरण विनास भई बाढीपहिरोको ठूलै त्रास बढ्न गएकामा वातावरणविद्हरुले चिन्ता व्यक्त गर्न थालेका छन् । हाल धरानमा बस्दै आएका विश्व प्रकृति सरक्षण संघ आइयुसीएन नेपालका पूर्वसंयोजक तथा वातावरणविद् राजेन्द खनाल भन्छन्, ‘वातावरण प्रभाव मूल्यांकनसमेत नगरी निर्माण भइरहेका यस्ता सडकहरुले विकास त होइन, ठूलै विनास ल्याएको छ । स्थानीय सरकारको यस्ता गैरजिम्मेवार क्रियाकलाप तुरुन्त रोकिएन भने वातावरण प्रभावको असर स्वरुप बाढी, पहिरो र भूक्षयले धेरै ठूलो धनजनको क्षति हुने चेतावनी दिन्छन् । स्थानीय निकाय, प्रदेश र संघीय सांसदहरुले बजेट सक्न र चुनावलाई प्रभाव पार्न देखाएको उत्ताउलो विकासे कामहरुले कति वन विनास भइरहेको छ भन्ने उदाहरण हेर्न अहिले धरान र वराह क्षेत्र नगरपालिका जाँदा पुग्ने भएकोे छ ।

आइइईबिना ३० फिटे बाटो

धरान–४ स्थित शिवजटा मन्दिर जाने १५ फिटको सानो बाटोलाई जेसिबीले खनेर ३० फिटको बनाएको छ । तर बिनायोजना जेसिबीका चालकले खनेको सो बाटोमा अहिले झन् ठाउँठाउँमा पहिरो झरेर ठूला ढुंगा र रुखपात लडिरहेको र हिलाम्मे खाल्डाखुल्डीले गर्दा हिँड्नै मुस्किल परेको कुरा स्थानीय रितुषा राई बताउँछिन् । बरु यो बाटो नबनाउँदा नै हाम्रो टयाम्पो, मोटरसाइकल मजाले आउँथ्यो अहिले त हिलो बाटो र ढुंगा पन्छाउँदै आउनुपर्छ ।

हाल सो बाटो निर्माणले गर्दा हजाराँै रैथानै बोट बिरुवाहरुको विनास भएका छन् भने, लडेका रुखपात वन कार्यालयले पनि नउठाउँदा सडक छेउछाउ नै कुहिने अवस्थामा पुगेको छ । मुस्किलले ३० घर परिवार बसोबास गर्ने शिवजटा गाउँमा पुग्न ३० फिटको बाटोका आवश्यकता थियो कि थिएन ? सडक निर्माणका लागि बजेटको तर्जुमादेखि वातावरण प्रभाव मूल्यांकन गर्नु पथ्र्यो कि पर्दैनथ्यो भनी प्रश्न गर्दा धरान उपमहानगरपालिका प्राविधिक फाँटका इन्जिनियर सुरज श्रेष्ठ भन्छन् ‘त्यहाँ ३० फिटको बनाउने कुनै योजना र आइइई भएको छैन । हामीले भत्किएको सडकको छेउछाउ ग्यावियन लगाउन १० लाख बजेट दिएका मात्र हाँै ।’ अहिलेसम्म आइइई नगरी कयौँ सडक बन्यो अहिले मात्र किन गर्नुप¥यो ? यो विकासको काम अडकाउने काइदा मात्र हो । कोशी राजमार्ग बनाउन चाहिने माटोहरु निकाल्दा ठेकेदारले निःशुल्कमा खनिदिएर स्थानीय गाउँलेलाई ठूलो गुन पो लगाए पो भन्छन् नगरप्रमुख तिलक राई । तर बाटो खन्दा भएको क्षतिको वारेमा भने आफूलाई कुनै जानकारी नभएकाले कर्मचारीहरुलाई सोधेर बताउने बताए ।

सुनसरीका डिएफओ दानबहादृुर श्रेष्ठ हामीले आइइई नगरी बाटो नखन्नुहोस् रुखपातको ठूलो क्षति हुन्छ भनेर पाँचपटक कर्मचारी पठाएर रोक्न खोज्यौँ तर सकेनाँै । धरानका नगरप्रमुख उपप्रमुख दुवै जनाले यो नगरको गौरवको सडक भएकाले रोक्न मिल्दैन भनेर मन्त्रीकहाँसम्म मेरो विरुद्धमा पोल लगाएर सरुवा गर्ने धम्की आयो । यो पटक जस्तो धरान उपमहानगरपालिको राष्ट्रिय वन क्षेत्रमा अतिक्रमण कहिल्यै गरेको थिएन ।

सडकभरि रुखहरु लडेर असरल्ल परेको छ । वन कार्यालयलाई जानकारी छैन भनी सोध्दा जिल्ला वन कार्यालयल सुनसरीका डिएफओ दानबहादृुर श्रेष्ठ हामीले आइइई नगरी बाटो नखन्नुहोस् रुखपातको ठूलो क्षति हुन्छ भनेर पाँचपटक कर्मचारी पठाएर रोक्न खोज्यौँ तर सकेनाँै । धरानका नगरप्रमुख उपप्रमुख दुवै जनाले यो नगरको गौरवको सडक भएकाले रोक्न मिल्दैन भनेर मन्त्रीकहाँसम्म मेरो विरुद्धमा पोल लगाएर सरुवा गर्ने धम्की आयो । यो पटक जस्तो धरान उपमहानगरपालिको राष्ट्रिय वन क्षेत्रमा अतिक्रमण कहिल्यै गरेको थिएन ।

सर्दुखोलाको गिट्टी, बालुवा रोक्दा त प्रहरी र नगर प्रहरी नै लगाएर वन कर्मचारीलाई समेत खेदाएका थिए । तर क्षेत्रीय वन कार्यालयसमेत धरान १३ मा हुँदासम्म यहाँ भएको वन विनासलाई रोक्न नसक्नुमा नगरपालिकाहरुको दादागिरीको संज्ञा दिन्छन् वातावरण अभियन्ता विशाल भण्डारी । धरान विराटनगरको सडक निर्माण कम्पनी स्पाइकले नगरपालिकाका पदाधिकारी र कर्मचारीलाई नजराना चढाएपछि आइइई बिना नै हतारमा काम गर्दा त्यहाँ ठूलो वातावरणीय क्षति भएको सूत्रले जानकारी गरायो ।

राष्ट्रपति चुरेको बजेट दुरुपयोग

चुरे क्षेत्र दोहन भएर तराई क्षेत्रको नदीनाला, इनार, हातेधारा, कुवा सुक्न थाल्यो भन्ने विज्ञहरुको सुझावअनुसार राष्ट्रपति डा रामवरण यादवको पालामा स्थापना भएको राष्ट्रपति चुरे संरक्षण कोषले सात वर्षमा सात अर्ब रुपैयाँ सकेको छ । तर सो रकम कसरी सकिएको रहेछ भन्ने एउटा उदाहरण हालै धरान–२० रहेको कालीखोलाको पहिरोमा लगाइएको ग्यावियन तारजालीको काम हेर्दा पुग्छ ।

धरान–२० र १३ को बीचबाट बग्ने सर्दुखोलाको पश्चिम दिशाको डाँडामा भीषण पहिरो गई खोला थुन्दै आएको छ । पहिराले हजाराँै टन माटो, ढुंगा बगाएर खोलामा थुपारेको छ । सो पहिरो रोक्न पहिला गतिलो योजना बनाउन आवश्यक थियो । तर यो आर्थिक वर्ष २०७७ मा बिनायोजना खोलामा ४४ लाखको ग्यावियन लगाउन ठेक्का लगाएको छ । स्थानीय ठेकेदारले ग्यावियन लगाएर सक्ने बित्तिक्कै पहिरोले ग्यावियन पुरिदिएको छ । जुन स्थानमा हजारौँ घनमिटरको पहिरो झर्छ त्यस्तो ठाउँमा १० फिटको ग्यावियन लगाउन लगाउने कस्ता प्राविधिकहरु होलान् ? स्थानीय जनप्रतिनिधि धनबहादुर मगर प्रश्न गर्छन् । गत वर्ष पनि सोही क्षेत्रमा राष्ट्रपति चुरे कार्यक्रमले एक करोडको ग्यावियन तारजाली लगाएको थियो तर सोही स्थानमुनि अर्को ठूलो पुल बनाउने योजना आएर यो तारजालीमा लगाइएको लगानी पनि बालुवामा पानी भएको छ । यसरी राष्ट्रपति चुरे कार्यक्रम, प्राकृतिक प्रकोप कोषबाट आउने रकमहरु कर्मचारी र स्थानीय ठेकेदारहरुको खानेमेलो मात्र भएको छ भने धरान उपमहानगरपालिकाले पनि यसको कुनै अनुगमन गर्न सकेको देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्