Logo
Logo

जसपा मन्त्रीबारे छलफल गर्न बैठक बस्दै


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र-बाबुराम पक्षको बैठक बस्दै छ । सरकारमा जाने मन्त्रीबारे छलफल गर्न उपलब्ध केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुको बैठक दिउँसो एक बजे बोलाइएको नेता गंगा श्रेष्ठले जानकारी दिए ।

सकेसम्म आजै जसपालाई समेत समेटेर सानो आकारको मन्त्रीमण्डल बनाउने तयारी कांग्रेस सभापति शेरबहादुर देउवाको छ ।

देउवाले आज अपराह्न प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दैछन् । सर्वोच्च अदालतले सोमबार साँझ ५ बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । सरकारमा सहभागीताबारे निर्णय गर्न बिहानैदेखि कांग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरु छलफलमा व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्