Logo
Logo

देउवासँग छलफल गरेर माओवादीले मन्त्रीको नाम टुङ्गो लगाउने


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर मात्रै सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउने जनाएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्यसका लागि देउवासँग छलफल गर्दैछन् ।

आज पेरिसडाँडामा सोमबार बिहान बसेको स्थायी कमिटी बैठकपछि माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘देउवासँग छलफल गरेपछि ठोस निर्णय गर्छौं ।’

यस्तै माओवादी केन्द्रले सर्वोच्च अदालतले सोमबार गरेको फैसलालाई ऐतिहासिक र महत्वपुर्ण फैसलाएको रुपमा लिँदै स्वागत गरेको छ । सो फैसलालाई संविधान र लोकतन्त्रको रक्षा, स्वेच्छाचारिता र निरंकुशतन्त्रको नियन्त्रण र अन्त्य गर्ने दिशामा महत्वपुर्ण योग्दान पुर्याएको बैठकले निष्कर्ष निकालेको नेता श्रेष्ठले बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्रीको शपथ ग्रहण गर्दै छन् । आजै विपक्षी गठबन्धनलाई समेत समेटेर सानो आकारको मन्त्रिपरिषद गठन गर्ने देउवाको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्