Logo
Logo

रिद्धि सिद्धि सिमेन्टलाई थप एक गुणस्तर मापदण्ड प्रमाणपत्र


दृष्टि संवाददाता


काठमाडौं । रिद्धि सिद्धि सिमेन्टले नेपाल गुणस्तरको ४३ ग्रेडको गुणस्तर मापदण्ड प्राप्त गरेको छ । ४३ ग्रेड नेपालमै उत्पादन हुने सिमेन्टहरूको सबैभन्दा उत्कृष्ट ग्रेड मध्येको एक हो ।

नयाँ मापदण्ड प्राप्त गरेसँगै रिद्धि सिद्धि सिमेन्टले गुणस्तरमा ठूलो उपलब्धि हासिल गरेको जनाएको छ। यसबाट थप जिम्मेवारीबोध भएको भन्दै कम्पनीले ग्राहकहरुका लागि पुरानै योजनालाई फेरि निरन्तरता दिएको जानकारी दिएको छ ।

कम्पनीले ४३ ग्रेडको गुणस्तर मापदण्ड प्राप्त गरेसँगै यसले आफ्ना ग्राहकहरुको गुणस्तर प्रतिको विश्वासलाई अझ मजबुत बनाउने रिद्धि सिद्धि सिमेन्ट विश्वस्त छ । रिद्धि सिद्धि सिमेन्टले गतवर्ष ल्याएको थियो ‘शिलान्यास रिद्धि सिद्धिसँग’ नामक योजनालाई फेरि निरन्तरता दिएको हो ।

निर्माण कार्य गर्नुअघि सम्पूर्ण ग्राहकवर्गहरुलाई सिमेन्टको प्रयोग पूर्व वैज्ञानिक तवरले भौतिक परीक्षण गरी विश्वस्त बनाउने उद्देश्य सहित रिद्धि सिद्धि सिमेन्टले पहिलो पटक गत वर्ष ल्याएको थियो । “शिलान्यास रिद्धि सिद्धिसँग” नामक विशेष योजना जसलाई नयाँ वर्ष २०७८ मा पनि निरन्तरता दिएको थियो ।

तर, कोभिड–१९ को महामारीले निम्त्याएको प्रतिकूल परिस्थितिका कारण उक्त योजना स्थगित गरिएकाे थियाे । केही हप्ता यता परिस्थिति सामान्य भएपछि कम्पनीले उक्त योजना पुनः सुचारु भएको जानकारी दिएको छ ।

योजनाको लाभ उठाउन ग्राहकवर्गले कम्पनीको निःशुल्क टोल फ्री नम्बर १६६००११२४४४ (नेपाल टेलिकम) ९८०१५७२११२ (एनसेल) मा सम्पर्क गर्न सक्नेछन् । यो योजना प्रथम १००० उपभोक्तालाई मात्र लागु हुनेछ र यसका लागि न्यूनतम शिलान्यासको शुभ अवसरमा १०० बोरा खरिद गरिएको हुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्