Logo
Logo

आजदेखि चार कमाण्डको संरचनामा सेना


दृष्टि संवाददाता


काठमाडौं । आजदेखि नेपाली सेना चार कमाण्डको संरचनामा गएको छ । संगठनलाई समयसापेक्ष पुनर्संरचना गर्दै जाने नीति अनुरूप पृतना खारेज गरेर सेना चार कमाण्डमा गएको हो ।

आजदेखि सेना पूर्वमा कोसी नदीको बहावका आधारमा पूर्वी कमान्ड, गण्डकी नदीको बहावका आधारमा मध्य कमान्ड र कर्णाली नदीको बहावको आधारमा पश्चिम कमान्डमा गएका हुन् । उपत्यकामा भने रणनीतिक महत्त्वको आधारमा उपत्यका कमान्ड हुनेछ ।

शुक्रबार जंगी अड्डामा एक समारोहकाबीच प्रधान सेनापति पूर्णचन्द्र थापाले कमाण्ड हेडक्वाटरका कमाण्ड सेनापतिहरुलाई कमाण्ड झण्डा हस्तान्तरण गरे ।

मन्त्रिपरिषद्ले फागुनमा सेनाको नयाँ संरचना कार्यान्वयनमा लान स्वीकृति दिएपछि नयाँ संरचना बनेको हो । कमान्डको नेतृत्व पनि उपरथीले नै गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्