बागलुङ । अरिंगालको टोकाइबाट बागलुङ जैमिनी नगरपालिका-७ जैदिमा एक जनाको ज्यान गएको छ। अरिंगालको टोकाइबाट स्थानीय ४३ वर्षीय ज्ञानबहादुर रानाको मंगलबार बिहान मृत्यु भएको हो।