काठमाडौं। काठमाडौं महानगरपालिकाले सुनधारास्थित काठमाडौं मलमा बनेको अनधिकृत संरचना हटाएको छ । आज बिहान मेयर बालेन्द्र साहको उपस्थितिमा डोजरसहितको टोलीले अनधिकृत संरचना हटाएको हो ।