Logo
Logo

गोरखाको सुलिकोटमा आज सार्वजनिक विदा



गोरखा । भूकम्पमा परेर मृत्यु भएका नागरिकको स्मृतिमा गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिका अध्यक्ष विष्णु भट्टले एक सूचना जारी गर्दै बुधबार गाउँपालिकाभर बिदा दिएको जानकारी दिएका छन् । बारपाक केन्द्र भएर २०७२ वैशाख १२ गते भूकम्प गएको थियो ।

भूकम्पमा परेर मृत्यु भएका नागरिकहरूको सम्झनामा गाउँपालिकाले बुधबार बिहान ११ः४५ बजे हिमालय माविको खेलमैदानमा श्रद्धाञ्जली कार्यक्रम पनि राखेको छ ।

प्रतिक्रिया दिनुहोस्