Logo
Logo

इलाममा मतदान केन्द्रभित्रै ‘एक्जिट पोल’, प्रहरीद्वारा जफत



इलाम । इलाम–२ मा जारी उपनिर्वाचनमा ‘एक्जिट पोल’को खडा गरी नक्कली मतदान गराएको पाइएको छ । मतदान केन्द्रभित्रै नक्कली मतपत्र तयार गरी मतदान गराएको पाइएपछि प्रहरीले केही सामग्री जफत गरेको छ ।

महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको मतदान केन्द्रमा मतदातालाई नक्कली मतपत्रमा छाप हाल्न लगाउने मनशायले ‘एक्जिट पोल’ राखिएको पाइएको प्रहरीले जनाएको छ ।

क्याम्पसको होस्टेलमा बस्दै आएका ४ महिला विद्यार्थीलाई प्रतिव्यक्ति १५०० दिएर नक्कली मतपत्रमा छाप हाल्न लगाउने र नक्कली मतपेटिकामा सो कागज खसाल्न लगाउने गरेको पाइएको प्रहरीले जनाएको हो ।

मतदान गरेर फर्किंदै गरेकालाई मतदान केन्द्रभित्र टेबल सेटअप गरी सो समूहले पोल सञ्चालन गरेको थियो । निर्वाचन आचारसंहिता विपरीत कार्य भएको थाहा पाएपछि सो समूहको कागजात, नक्कली मतपत्र र नक्कली मतपेटिका जफत गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्