Logo
Logo

राति पनि चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना



काठमाडौं । आज (बुधबार) राति पनि देशभर मौसम बदली भई विभिन्न स्थानमा चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । महाशाखाका अनुसार राति देशभर आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) रहने छ ।

यस क्रममा देशको पहाडी भूभागका थोरै स्थान साथै बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति काठमाडौं उपत्यकामा पनि हल्का वर्षाको सम्भावना छ । महाशाखाले राति उपत्यकामा वर्षाको सम्भावना २० प्रतिशत देखाएको छ । साथै राति देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ ।

प्रतिक्रिया दिनुहोस्