Logo
Logo

श्री एयरको विमान काठमाडौँमा आपतकालीन अवतरण


दृष्टि संवाददाता


काठमाडाैं । धनगढीका लागि उडेको श्री एयरको जहाज काठमाडौँमा आपतकालीन अवतरण भएको छ। काठमाडौँबाट धनगढीका लागि उडेको जहाज डाइभर्ट भएर फेरि काठमाडौँ अवतरण भएकाे हाे ।  

५ बजेर ३४ मिनेटमा काठमाडौँबाट उडेको जहाज ५ बजेर ५४ मिनेटमा डाइभर्ट भएको श्रीएर धनगढीका इन्चार्ज गजेन्द्र शाहीले बताए। जहाज इन्डिकेसन (लाइटसम्बन्धी) समस्या देखिएपछि डाइभर्ट भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्