Logo
Logo

दानबहादुर कार्कीको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, दुवै पक्षलाई छलफलमा बोलाइयो


0
Shares

काठमाडौं । आफूलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदमा पुनर्बहाली गर्नुपर्ने मागसहित निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले तत्कालका लागि अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गर्दै विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो । यद्यपि, अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्न इजलासले दुवै पक्षलाई झिकाउने आदेश दिएको छ । आदेशको पूर्णपाठ भने सार्वजनिक भइसकेको छैन ।

एकल इजलासले ‘कार्कीलाई किन प्रहरी महानिरीक्षकमा पुनर्बहाली नगर्ने ?’ भनी त्यसको मनासिव कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको हो ।

सबै विपक्षीहरूको लिखित जवाफ पेस भएपछि सर्वोच्च अदालतले यस मुद्दाको नियमित सुनुवाइका लागि पेसी तोक्नेछ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000