Logo
Logo

आठौँ राष्ट्रिय खेकलकूद : आज नौ खेल हुने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ चैत । प्रदेश नं ५ मा जारी आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत शुक्रबारमा नौ खेलमा प्रतिस्पर्धा हुँदैछ । आज हुने खेलमध्ये दुई खेल शुरुआती चरणको हुनेछ भने बाँकी पाँच खेल बुधबार र दुई खेल बिहीबारबाटै शुरु भइसकेको छ ।
आज बक्सिङ र बुद्धिचाल खेलको शुरुआत हुँदैछ । बाँकेको नेपालगञ्जमा बक्सिङ र बर्दियाको ठाकुरद्वारमा बुद्धिचालको प्रतिष्पर्धा हुने राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ ।
आजै दाङको घोराही कभर्ड हलमा टेबलटेनिस, बास्केटबल, कपिलवस्तुको सिद्धार्थ क्याम्पसमा कुस्ती, नेपालगञ्जको मङ्गलप्रसाद उच्च माविमा पुरुष हक्की, नेपालगञ्जको कभर्ड हलमा फेन्सिङ, ललितपुरको सातदोबाटोमा स्क्वास र बुटवलमा लनटेनिस हुनेछ ।
आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको औपचारिक उद्घाटन भने आगामी वैशाख ५ गते हुनेछ । उद्घाटनअघि विभिन्न १४ खेलको राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसक्ने छ । उद्घाटनअघि सकिने खेलमा बक्सिङ, कबड्डी, जुडो, बास्केटबल, बुद्धिचाल, फुल कन्ट्याक्ट कराँते, साइक्लिङ, फेन्सिङ र गल्फ रहेका छन् ।
आठौँ राष्ट्रियमा विभिन्न ३५ खेल समावेश छन् । बृहत् राष्ट्रिय खेलकूदकै इतिहासमा प्याराग्लाइडिङ खेल पहिलोपटक समावेश गरिएको छ भने एनआरएनए टोली पनि पहिलोपटक सहभागी हुँदैछ । प्रतियोगितामा महिला र पुरुष गरी पाँच हजार २११ खेलाडीले ३७२ स्वर्ण, त्यति नै रजत र ५६३ कास्य पदकका लागि प्रतिष्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्