Logo
Logo

विपक्षी दलले रास्वपाको धारणा आएपछि मात्रै महाअभियोगबारे निर्णय गर्ने


0
Shares

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले महाअभियोगको विषयमा सत्तापक्षको धारणा र तयारी हेरेपछि मात्रै विपक्षी दलहरूले आफ्नो धारणा बनाउने बताएका छन् ।

सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकबारे सञ्चारकर्मीलाई जानकारी दिँदै उनले महाअभियोग लगाउने विषयमा सत्तापक्षले विषयलाई कसरी उठान गर्छ भन्ने कुरा आफूहरूले हेरिरहेको बताए ।

उनले महाअभियोगजस्तो गम्भीर विषयमा पार्टीगत रूपमा पर्याप्त छलफल हुनुपर्नेमा जोड दिए । पार्टीले एउटा धारणा व्यक्त गर्ने तर संसदीय दल अर्कै दिशामा अघि बढ्ने अवस्था भए त्यसको अर्थ नरहने आङ्देम्बेको भनाइ छ ।

आङ्देम्बेले सत्तारुढ रास्वपाले दिएको निर्देशन संसदीय दलले पालना गरिरहेको छ कि छैन भन्ने विषयमा पनि आफूहरू स्पष्ट नरहेको बताए ।

‘उहाँहरूले दिएको निर्देशन उहाँहरूको संसदीय दलले मानिरहेको छ कि छैन भन्ने कुरा पनि हामीलाई थाहा छैन,’ आङ्देम्बेले भने, ‘यस्तो गम्भीर र महत्वपूर्ण विषयमा संसद्भित्र रहेका दलका पार्टीहरूले कसरी चासो व्यक्त गर्छन् र त्यो चासोलाई संसद्ले कसरी ग्रहण गरेर अघि बढ्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ ।’

रास्वपाले महाअभियोगका लागि विश्वसनीय धारणासहित प्रस्तुत भएपछि प्रतिपक्षी दलहरू बसेर साझा धारणा तय गरिने उनको भनाई थियो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000