Logo
Logo

विप्लवका नगर सेक्रेटरी पक्राउ


- दृष्टि न्युज/संवाददाता


कञ्चनपुर, ३० चैत । विप्लव समूहका कञ्चनपुर कृष्णपुर नगरपालिकाका सेक्रेटरी ४५ वर्षीय रामप्रसाद भट्टलाई प्रहरीले आज शनिबार पक्राउ गरेको छ ।
भट्टलाई कृष्णपुरकै रैकवार क्षेत्रबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए । ‘पक्राउ परेका भट्टको साथबाट सङ्गठनको योजना र सङ्गठन विस्तारबारे उल्लेख गरिएको डायरी र पार्टीको सिद्धान्त बारेका किताबसमेत बरामद गरेका छौँ’, उनले भने ।
कृष्णपुरकै क्रसर उद्योगमा केही दिनअघि जेसिभी आगजनीमा संलग्नता भए÷नभएको बारे भट्टसँग सोधपुछको कार्यसमेत शुरु गरिएको छ । भट्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्