Logo
Logo

लुक्लामा चिप्लिएर समिट एयर दुर्घटना, २ को मृत्यु


- दृष्टि न्युज/संवाददाता


सोलुखुम्बु, १ बैशाख । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । जहाजमा पाइलट र को–पाइलट मात्र थिए । प्रहरीका अनुसार पाइलटको मृत्यु भएको छ ।
पाइलटको पहिचान भइसकेको छैन् । को–पाइलट एस ढुंगाना च्यापिएको अवस्थामा भेटिएका थिए । उनको पनि मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
यस्तै मृत्यु हुनेमा पर्यटक प्रहरी असई रामबहादुर खड्का रहेका छन् । विमानस्थल सुरक्षाका एकजना असई रुद्र बहादुर श्रेष्ठ घाइते भएका छन् । उनलाई थप उपचारको लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले बताएको छ ।
पार्किङमा राखिएको हेलिकप्टरसँग काठमाडौंका लागि उड्न लागेको समिट एयरको विमान धावनमार्गबाट चिप्लिएर ठेक्किँदा दुर्घटना भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जनाए ।

प्रतिक्रिया दिनुहोस्