Logo
Logo

प्रधानमन्त्रीद्वारा ज्येष्ठ नागरिक स्वास्थ्य बीमा तथा बैंक खाताका राष्ट्रिय अभियान शुभारम्भ


- दृष्टि न्युज/संवाददाता


वैशाख १ प्रधानमन्त्री ओली शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओली, आइतबार काठमाडौँमा ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा र खोलौँ खाता कार्यक्रमको शुभारम्भ गर्दै । तस्वीर : रासस

काठमाडौं, १ वैशाख । नयाँ वर्षका अवसरमा आइतबार आज नेपाल सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र सबै नेपालीलाई बैंक खाता खोलाउने राष्ट्रिय अभियानको सुरु गरेको छ । अभियानको प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरे ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य बीमा बोर्ड, नेपाल राष्ट्र बैँक र नेपाल बैँकर्स एशोसिएसनले राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा ज्येष्ठ नागरिकका लागि रु एक लाखसम्मको स्वास्थ्य बीमा घोषणा गर्न लागेको हो । सो बीमाको नेपाल सरकारले प्रिमियम तिर्नेछ ।
हाल मुलुकका ७५३ स्थानीय तहमध्ये ७१३ तहमा संस्थागत वित्तीय पहुँच पुगेको छ भने चालू आर्थिक वर्षको अन्त्यसम्मका सबै तहमा वित्तीय पहुँच पुग्ने बताइएको छ ।
हालसम्म बैँक खाता नखोलेका नागरिकका लाागि खाता खोल्न लाग्ने रु एक सय दस्तुर सरकारले नै तिर्ने गरी यो अभियान शुभारम्भ भएको हो ।
सबै स्थानीय तहमा वित्तिय पहुँच पुगेपछि सबै प्रकारका भुक्तानी बैँकबाट हुनेछ । यसले वित्तीय साक्षरता, सामाजिक सुरक्षा, समावेशीता र समृद्धिको आधार तय गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्