Logo
Logo

उदयपुर सिमेन्टमा नयाँ सञ्चालक नियुक्त


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उदयपुर सिमेन्ट उद्योगको बोर्ड सदस्यहरु नियुक्त गरेको छ । २०७५ चैत २९ को मन्त्रिस्तरीय निर्णयअनुसार सात जना बोर्ड सदस्य नियुक्त भएका छन् ।

नियुक्त भएका बोर्ड सदस्यहरुमा सुभाष राउत, सम्झना तामाङ, पदम दाहाल, महेश ढकाल, महेशलाल यादव, देवी बराल र कृष्णचन्द्र मण्डल रहेका छन् । बोर्ड सदस्य नियुक्त भएसँगै उदयपुर सिमेन्ट उद्योगको अग्रगति कायम गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्