Logo
Logo

हाइटी भूकम्पमा १२ सय ९७ जनाको मृत्यु



एजेन्सी । हाइटीमा शनिबार बिहानकाे भूकम्पमा परेर मृत्यु हुने संख्या एक हजार २ सय ९७ पुगेको छ ।

शनिबार ७ दशमलब २ रेक्टर स्केलको भूकम्पबाट पाँच हजार ७ सय जना घाइते भएका छन् ।

हराइरहेका व्यक्तिको संख्या अझै एकीन हुन सकेको छैन । भग्नावशेषमा फसेकाहरूको अझै उद्धार भइरहेको छ । भत्केको होटेल, घर तथा विद्यालयबाट जिवितै निकाल्न सकिने आशामा उद्धार कार्य सञ्चालनमा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्