Logo
Logo

सरकारले ल्यायो दल फुटाउने अध्यादेशदेखि माधव नेपालले नयाँ पार्टी खोल्नेसम्म



हेडलाइन्स् :

१. सरकारले २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदहरूले चाहेमा दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धि अध्यादेश ल्याउने निर्णय , प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारको बुहमत टिकाइराख्न थोरै संख्यामा पनि दल विभाजन गर्न सक्ने प्रावधान सहितको अध्यादेश जारी गर्ने निर्णय, अध्यादेश ल्याउने सरकारको निर्णयसँगै अब फुटको डिलमा पुगेको एमाले विभाजनको कानुनी आधार तयार, अध्यादेशलाई लिएर कांग्रेस भित्रै विरोध ।

२. प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को स्थायी कमिटीद्वारा दल विभाजन अध्यादेश ल्याउने सरकारी कदमको चर्को आलोचना, अराजक र पदलोलुपलाई पार्टी विभाजन गर्ने वैधानिक आधार दिन ल्याइएको अध्यादेश निन्दनीय भएको ठहर, गठबन्धन सरकारका असंसदीय, अलोकतान्त्रिक कदमको सशक्त प्रतिवाद गर्ने पनि एमालेले निर्णय, पार्टी विभाजनको विरुद्ध र एकताको पक्षमा उभिन पनि एमाले स्थायी कमिटीले पार्टीका नेता र कार्यकर्ताहरूलाई आह्वान, माधव नेपालसहित १४ सांसदको पद खारेज गर्न संसद् सचिवालयलाई एमालेको पत्राचार, एमालेले २६० केन्द्रीय सदस्यको विवरण अध्यावधिक गर्न आयोगमा दियो निवेदन ।

३. एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको ढोका बन्द गरेको माधवकुमार नेपालको प्रतिक्रिया, नयाँ दल दर्ता गरेपनि अरु पार्टीसँग एकीकरण गर्ने पक्षमा नरहेको तर्क, एमालेलाई ओलीले आफ्नो प्राइभेट कम्पनी बनाउन खोजेपछि आफ्नो समूहले विद्रोह गरेको नेपालको दावी, ओली अहङ्कारको घोडामा सवार भएकोले अहिले पार्टी विभाजनको मोडमा पुगेको आरोप, ओलीले दुई दुई पटक संसद् विघटन गरेको स्मरण गर्दै संसदमा विश्वासको मत नपाएपछि नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग, केपी ओलीले सधैँ भरी एकताको जाल फ्याँकेर षड्यन्त्र र उपयोग गर्ने नीति लिएको र कहिल्यै नसुध्रिने अवस्थामा पुगेको उल्लेख ।

४. अफगानिस्तानबाट नेपाली नागरिकको उद्धार सुरु, पहिलो खेपमा १ सय २७ नेपालीको सकुशल उद्धार गर्दै स्वदेश ल्याइयो, तालिबानी विद्रोहीले अफगानिस्तान कब्जामा लिएसँगै रोजगारीका लागि त्यहाँ रहेका नेपालीको सुरक्षा चिन्ता बढेको बेला अमेरिकीको सहयोगमा नेपाल ल्याइयो, परराष्ट्र मन्त्रालयद्वारा मंगलबार विज्ञप्ती जारी गर्दै अफगानिस्तान छोड्न चाहने सम्पूर्ण व्यक्तिहरुलाई सुरक्षित रुपमा सीमा पार गर्न दिन आग्रह ।

५. ११ हजार ५ सय ६५ पीसीआर र ६ हजार १२४ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार २ सय ७४ जनामा जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि, पछिल्लो २४ घन्टामा कोरोनाबाट थप २७ जनाको निधन, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ३५४ पुग्यो, २४ घण्टामा १ हजार ९२९ जना निको भए, हालसम्म ६ लाख ८७ हजार ६९ जना संक्रमणमुक्त, देशभर ३९ हजार ८ सय ७१ जना आइसोलेसन र ४१५ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी ।

६. प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रको शपथ ग्रहण, राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको कारा १६७ बमोजिम मिश्रलाई पद तथा गोपनीयताको शपथ दिलाएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख, पूर्व प्रदेश प्रमुखको हैसियतले पाउने कुनै पनि सेवा सुविधा नलिने पूर्व प्रदेश प्रमुख राजेश झाको घोषणा ।

७. प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले गिरीबन्धु टि स्टेट प्रालि झापाको स्वामित्वमा रहेका जग्गा सट्टापट्टा वा स्थानान्तरणका लागि भएको निर्णय कार्यान्वयन नगर्न नगराउन सरकारलार्ई निर्देशन, कानूनको उचित प्रक्रिया अपनाइ हदबन्दीभन्दा धेरै रहेका जग्गाको संरक्षण गर्नु मन्त्रालय र कर्मचारीको कर्तव्य भएको स्मरण गराउँदै समितिले कानूनले तोकेभन्दा धेरै जग्गा सरकारको स्वामित्वको भएको जिकिर, जग्गाको संरक्षण र व्यवस्थापनका लागि विस्तृत कार्य योजना यथाशीघ्र समिति समक्ष पेश गर्ने निर्देशन, प्रत्यायोजित व्यवस्थापनसम्बन्धी व्यवस्थाको कार्यान्वयन गर्न भूमिसम्बन्धी नियम समिति समक्ष सात दिनभित्र पेश गर्न मन्त्रालयलाई निर्देशन ।

८. सेयर बजार सूचक स्थिर, विकास बैंक र फाइनान्समा लगानीकर्ताको आकर्षण कायमै, कारोबार रकम १८ अर्ब माथि, विद्युत खेर गएको दाबी रकम जोडेर इपीएस ७१ देखाएको कम्पनीको तेस्रो दिन पनि सर्किट, पाँच वटा उपलब्धि प्रक्षेपण गर्दै छैठौं भन्सार सुधार आधुनिकीकरण योजना सार्वजनिक, १२ करोडको क्यापसँग असन्तुष्ट हुँदै ठूला लगानीकर्ताले शेयर सप्लाइ बढाए,कोरोना महामारीमा पनि बढेन बैंकहरुको खराब कर्जा, गत वर्ष २२ बैंकको खराब कर्जा घट्यो ।

९.एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने, छनोटको समूह ’एफ’ मा रहेको नेपाल र फिलिपिन्सबीचको खेल सेप्टेम्बर १८ (असोज २) मा हुने, नेपालले पीएनजीसँगको मैत्रीपुर्ण एकदिवसिय र ओमान र अमेरीका सम्मिलित त्रिकोणात्मक सिरिजका कारण सन्दिप क्यारेवियन प्रिमियर लिग खेल्न जान पाउने संभावना निकै न्यून, सहिद स्मारक ’सी’ डिभिजन लिग छनौट प्रतियोगितामा ७९ क्लबले प्रतिस्पर्धा गर्ने , एनएसएल क्लब एफसी चितवन र झापा एफसीबीच साझेदारी ।

AFC Women's Asian Cup India 2022™ - The Stadiums | Football News |

१०.र, अफगानिस्तानबाट अमेरिकी फौज फिर्ताको बाइडेनले गरे बचाउ, अफगानले ‘दासत्वको बन्धन तोडेको’ पाकिस्तानको टिप्पणी, अफगानिस्तानमा प्रजातन्त्र स्थापना गर्न असफल अमेरिकाले शक्ति गुमाउँदै गएको चीनको टिप्पणी, सबै सरकारी अधिकारीलाई आममाफी दिने तालिबानको घोषणा, मानवीय कार्य नरोक्न राष्ट्रसंघसँग आग्रह, राष्ट्रपति अशरफ घानीले मुलुक छोडेपछि पूर्वराष्ट्रपति हमिद कारजाइको अगुवाईमा तालिबानी नेतालाई शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गरिँदै ।

प्रतिक्रिया दिनुहोस्