Logo
Logo
रामबृक्ष यादवको २७औँ स्मृति दिवस

ओलीको तानाशाही प्रवृतिविरुद्ध हामीले विद्रोह गरेका हौँ : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको विचार र संस्कारको आत्मसमीक्षा गर्न आवश्यक रहेको बताएका छन् ।

बुधबार रामबृक्ष यादवको २७औँ स्मृति दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन अध्यक्ष प्रचण्डले भने, ‘शान्ति सम्झौता र संघीय लोकतान्त्रिक गणतन्त्रपछि हामी आफ्नै क्रान्तिकारी चरित्र र संस्कारको उल्टो हिँड्यौँ । त्यसैले अब पार्टीको विचारलाई आत्मसमीक्षा गर्न आवश्यक छ ।’

आत्मसमीक्षा गर्दै संकल्प गरेर त्यस दिशामा जान सके अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा समेत योगदान हुने उनले बताए । अध्यक्ष प्रचण्डले भने, ‘देशको समग्र राजनीतिक नेतृत्व लिनलाई हामी आफैँले आत्मसमीक्षा र नयाँ संकल्प गर्ने र नयाँ प्रतिबद्धता व्यक्त गर्नैपर्छ ।’ उनले केन्द्रीय समितिमा जोड गर्न खोजेकाले त्यसले नयाँ उर्जा प्रदान गरेको बताउँदै भने, ‘तर त्यतिले मात्र पुग्दैन ।’

उनले राष्ट्रिय सम्मेलन र महाधिवेशनसम्म गएर विचार, सिद्धान्त र व्यवहारलाई अझ क्रान्तिकारी बनाउँदै लैजान आवश्यक रहेको बताए । उनले भने, ‘हामीले विचारलाई राम्रो गर्न सक्दा नेपालको कम्युनिस्ट र राजनीतिक आन्दोलन मात्र होइन, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई पनि ठुलो योगदान गर्न सक्ने सम्भावना हाम्रो पार्टीसँग छ ।’

आगामी दिनमा पार्टी प्रवृत्ति र एकतालाई बढवा दिँदै विभाजन र टुटफुटलाई निरुत्साहित गरिँदै अगाडि बढ्नुपर्ने बताए । उनले भने, ‘कम्युनिस्ट आन्दोलनका सबै सकारात्मक शक्तिहरूलाई एकताबद्ध गर्ने हो । त्यसको आवश्यक्ता छ । केन्द्रीय कमिटी बैठकले पनि एकताको झण्डा उठाउने संकल्प गरेका छौँ ।’

अध्यक्ष प्रचण्डले आफूहरुले केपी ओलीको तानाशाही र निरंकुश व्यक्तिवादी प्रवृतिविरुद्ध आफूहरुले विद्रोह गरेको बताउँदै भने, ‘कम्युनिस्ट आन्दोलनमा तानाशाही, निरंकुश, व्यक्तिवादी र राष्ट्रि आत्मसर्पणवादी प्रवृति देखाप¥यो । हामीले त्यसविरुद्ध निर्मम संघर्ष ग¥यौं र विद्रोह गर्नै पर्ने स्थिति देख्यौँ । हामीले अहिले गरेको विद्रोह नै हो ।’

अध्यक्ष प्रचण्डले कम्युनिस्ट आन्दोलनभित्र एउटा प्रवृत्ति चरम निरंकुशतावादी, फाँसीवादी र आत्मसमर्पणवादी देखिएकाले त्यसविरुद्ध आन्दोलन गर्नुपरेको स्मरण पनि गर्दै भने, ‘क्रान्तिकारीहरुले संकल्प गरेपछि हुँदोरहेछ भन्ने अहिलेको उदाहरण हो । प्रतिगमन सच्चिएको छ । तर, अन्तिम विजय होइन ।’

प्रतिक्रिया दिनुहोस्