Logo
Logo

पाँचथरको फालेलुङ गापामा प्राइम बैंक


- दृष्टि न्युज/संवाददाता



काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले पाँचथरको फालेलुङ गाउँपालिकामा आज शाखा संजाल बिस्तार गरेको छ । यो शाखा सञ्चालनसँगै बैंकको शाखा कार्यालय संख्या ६९ पुगेको छ ।
स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीको उपस्थितिमा एक समारोहका बीच फालेलुङ गाउँपालिका अध्यक्ष सन्चकुमार केरुङले शाखा कार्यालय फालेलुङको उद्घाटन गरेका छन् ।

बैंकले आगामी दिनमा पनि शाखा विस्तारलाई निरन्तरता दिँदै ग्राहकलाई सेवा दिन अग्रसर रहेको प्रतिबद्धता व्यक्त गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरद्वारा विज्ञप्तिमार्फत् बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने कुरा व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्